सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :च्याम्यिन्स ट्रफी २०२५ मा ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
जसमध्ये ४ टोलीहरु नकआउट चरणमा पुगेका छन् भने बाँकी चार टोलीहरु प्रतियोगिताबाट बाहिरिएका छन् । भारत, अष्ट्रेलिया, न्यूजील्याण्ड र दक्षिण अफ्रिका सेमीफाइनलमा पुगेका छन् । अहिलेसम्म ३ वटा खेल वर्षाका कारण रद्द भएका छन् । यस अवस्थामा तपाईंको मनमा प्रश्न उठ्न सक्छ कि सेमीफाइनलका लागि रिजर्भ डे राखिएको छ कि छैन? यदि हो भने, यसको नियम के हो र वर्षाका कारण एकदिवसीय खेलको परिणाम कसरी निर्धारण गरिन्छ? यसबारे हामी चर्चा गर्दैछौँ ।
सबै भन्दा पहिलो वर्षाका कारण रद्द भएका खेलहरूका बारेमा जानकारी च्याम्यिन्स ट्रफी २०२५ को पहिलो खेल अष्ट्रेलिया र दक्षिण अफ्रिका बीच वर्षाका कारण रद्द भएको थियो । त्यसपछि २७ फेबरअरी पाकिस्तान र बंगलादेश बीचको खेल र २८ फेबरअरीमा अफगानिस्तान र अष्ट्रेलिया बीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो। यी खेलहरूको लागि कुनै रिजर्व डे तय गरिएको थिएन । जसका कारण उनीले अंक बाँडेका थिए ।
के सेमीफाइनल खेलका लागि रिजर्व डे राखिएको छ ? हो । दुबै सेमीफाइनल खेलका लागि एक दिनको रिजर्व डे राखिएको छ । यस नियमअनुसार, यदि खेलको दिन बर्षा भएर खेल पूरा हुन नसकेमा रिजर्व डेमा त्यहि स्थितिबाट खेल फेरि सुरु गरिनेछ । टस समेत हुन नसकी खेल रोकिएमा अर्को दिन खेल सुरु गरिनेछ ।
वर्षा कारण खेल रद्द भएमा के हुन्छ ? च्याम्यिन्स ट्रफी २०२५ को नियम अनुसार, यदि दुई दिनसम्म वर्षाका कारण खेल हुन सक्दैन भने, अंक तालिकामा सबैभन्दा माथि रहेको टिमलाई विजेता घोषित गरिन्छ । यसका अर्थ भनेको यदि भारत र अष्ट्रेलिया बीचको सेमीफाइनल रद्द हुन्छ भने, भारतलाई फाइनलको टिकट दिइनेछ । भारत अहिलेसम्म अपराजित टोली पनि हो ।
के हो? डकवर्थ लुइस नियम (डिएलएस) DLS यदि वर्षाका कारण खेल रोकिन्छ भने, डकवर्थ लुइस नियम (DLS) लागू हुन्छ । यसमा वर्षा रोकिएपछि ओभर घटाइन्छ र लक्ष्य पनि सानो बनाइन्छ । कुन ओभर र कति रन घटाउने भन्ने कुरा एक विशेष तालिकामा आधारित हुन्छ । यस नियम अनुसार, कुनै टिमलाई विजेता तब घोषित गर्न सकिन्छ उनीहरु दुबै टिमले कम्तिमा २०–२० ओभर खेलिसकेको हुनुपर्नेछ ।