सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी च्याम्पियन्स ट्रफीको फाइनल पुग्न अस्ट्रेलियाले भारतसामु २६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै २६४ रनमा समेटियो । अस्ट्रेलियाका लागि क्याप्टेन स्टेभन स्मिथले सर्वाधिक ७३ रन जोडे ।
एलेक्स केरी ६१ रनमा रनआउट हुँदा ट्रेभिस हेडले ३९ र मार्नुस लाबुस्चेनले २९ रन बनाए । बलिङतर्फ मोहमद सामीले ३, भरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ तथा अक्षर पटेल र हार्दिक पाण्डेयले समान एक विकेट लिए ।
आजको खेलको विजेताले बुधबार भोली हुने दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।