ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ललितपुर मेयर्स कप :

एपिएफद्धारा  सुदुरपश्चिमसामु १५६ रनको लक्ष्य

शनिबार, जेठ ५, २०८१

काठमाडौँ : सिता रानामगर र राजमती ऐरीले बिस्फोटक ब्याटिङ गरेपछि ललितपुर मेयर्स कप टी–२० महिला क्रिकेटमा एपिएफले सुदुरपश्चिम प्रदेशसामु १५६ रनको  चुनौति पेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १५५ रनको विशाल योगफल खडा गर्यो । एपिएफका लागि कप्तान सिता रानामगरले सर्बाधिक ७४ रनको योगदान गरिन् ।

राजमती ऐरीले पनि अर्धसतकिय पारी खेल्दै ५० रन जोडिन् । ममता चौधरीले १०,ईन्दु वमार्ले ९ तथा रोमा थापाले ६ रन जोडिन् । शनिवारको विजेताले उपाधि चुम्ने छ । वलिङतर्फ विन्दु रावल ,ऋतु कनौजीया र राधिका पुजाराले १/१ विकेट लिईन् । विन्दु रावल निकै महङ्गो सावित भईन् । ४ ओभर वलिङ गरेकी उनले ५१ रन खर्चिएर मात्र एक विकेट लिईन् ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्