ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अस्ट्रेलियालाइ हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

बुधबार, फागुन २१, २०८१

काठमाडौँ : भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राती भएको खेलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत उपाधि नजिक पुगेको हो । जितकालागि अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

भारतको जितमा विराट कोहलीले सर्वाधिक ८४ रनको योगदान गरे । श्रेयस अय्यरले ४५,केएल राहुलले ४२ रन बनाउँदा कप्तान रोहित शर्मा र हार्दिक पाण्ड्याले समान २८ रन जोडे ।

त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै २६४ रनमा समेटियो । अस्ट्रेलियाका लागि क्याप्टेन स्टेभन स्मिथले सर्वाधिक ७३ रन जोडे ।एलेक्स केरी ६१ रनमा रनआउट हुँदा ट्रेभिस हेडले ३९ र मार्नुस लाबुस्चेनले २९ रन बनाए ।  बलिङतर्फ मोहमद सामीले ३, भरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ तथा अक्षर पटेल र हार्दिक पाण्डेयले समान एक विकेट लिए ।

अस्ट्रेलियालाइ हराउँदै भारतले सन् २०२३ मा घरेलु भूमिमा एकदिवसीय विश्वकप फाइनलमा भोगेको पराजयको बदला समेत लिएको छ । यसअघि भारत २०१३ र २०१७ मा फाइनल पुगेको थियो ।

भारतले उपाधिकालागि दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको खेल बुधवार आज हुँदैछ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्