सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नवलपुर : इन्द्रावति गाउँपालिका वडा नम्बर ५ को आयोजनामा पालिका स्तरिय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।
वडा कार्यालयले बुधवार सूचना जारी गर्दै ऐशेलुखर्क मा.वि को खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन पालिकाभित्रका सबै वडाहरूलाई आह्वान गरेको छ । यही फागुन २७, २८ र २९ गरी तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ नगद प्राप्त गर्ने सूचनामा उल्लेख छ।
त्यस्तै द्वितीय हुने टोलीले २० हजार र तृतीय स्थान हासिल गर्ने टोलीले १५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउने वडा कार्यालयले जनाएको छ।