सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला क्रिकेट टोलीलाई विदाई गरेको छ ।
केन्द्रिय कार्यालय मुलपानीमा आज एक कार्यक्रमको आयोजना गर्दै क्यानले युगाण्डामा हुने अन्तराष्ट्रिय महिला टी–२० क्रिकेटमा सहभागि हुन जाने नेपाली टोलीको बिदाई गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा यहि फागुन २४ गते नामिवियासँग खेल्ने तालिका छ । सोही दिन हुने उद्धघाटन खेलमा युगाण्डाले हङकङसंग खेल्ने तालिका छ ।
प्रतियोगितामा नेपालसहित युगाण्डा,हङकङ र नामिविया गरी चार टोलीले सहभागिता जनाउने छन् । चैत्र ३ गतेसम्म चल्ने श्रृखंलामा सबै टोलीले एकअर्कासँग २–२ खेल खेल्ने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । नेपाल क्रिकेटसंघ क्यानले यसअघिनै इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । यी हुन् नेपाली अन्तिम टोली : कप्तान इन्दु वर्मा ,बिन्दु रावल,रिया श्रेष्ठ,सम्झना खड्का,ममता चौधरी र पूजा महतो रहेकी छन् । राजमति ऐरी,कबिता जोशी,रुबिना क्षेत्री,अलिशा कुमारी यादव,रोमा थापा,रचना चौधरी,सना प्रविन र इश्वरी विष्ट ।