ADD FOR WEBSIDE ADD FOR WEBSIDE
च्याम्पियन्स ट्रफी क्रिकेट

न्युजिल्याण्डले दियो दक्षिण अफ्रिकालाई ३६३ रनको किर्तिमानी लक्ष्य

बुधबार, फागुन २१, २०८१

काठमाडौँमा:आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुग्न न्युजिल्याण्डले दक्षिण अफ्रिका विरुद्द ३६३ रनको किर्तिमानी लक्ष्य दिएको छ ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको न्यूजल्याण्डले निजर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३६२ रन बनायो । न्यूजल्याण्डले बनाएको योगफल जारी प्रतियोगिताको सबैभन्दा धेरै रन पनि हो । यसअघि उच्च रनको किर्तिमान अस्ट्रेलियाको नाममा थियो । अस्ट्रेलियाली टोलीले सोही मैदानमा इङ्ल्यान्डविरुद्ध ३५६ रन बनाएको थियो।

न्यूजल्याण्डकालागि रचिन रवीन्द्रले सर्वाधिक १०८ तथा केन विलियमसन १०२ रनको शतकिय पारी खेले । ग्लेन फिलिप्सले र डेरिल मिचेलले समान ४९ रन जोडे । विल योङले २१ रन बनाए ।

 दुवै टोली आज जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ । हेड टु हेडमा भने दक्षिण अफ्रिका अगाडी छ । यी दुई टोलीबीच अहिले सम्म ७३ खेलहरु भएका छन् । जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्यूजल्याण्डले २६ खेलमा जित हात पार्दा ५ खेल नतिजा बिहिन बनेको  थियो ।

गद्दाफी रंगशालाको पिच ब्याटिङमैत्री रहेको छ । यस मैदानमा अहिलेसम्म ७२ एकदिवसीय खेल खेलिएका छन जहाँ पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेको छ भने पहिले बलिङ गर्ने टोलीले ३३ खेलमा जित निकोलेको छ । यो मैदानमा अहिले सम्म सबैभन्दा धेरै ३७५ रन बनेको छ । पाकिस्तानले २०१५ मा जिम्बाब्वे विरुद्ध  ३७५/३ रन बनाएको थियो ।

 उक्त खेलमा पाकिस्तानका शोयव मलिकले ११२ रनको शतकिय पारी खेलेका थिए । जवाफी ब्याटिङ थालेको जिम्बावेले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो ।
विलियमसनले तोडे राष्ट्रिय किर्तिमान
केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटमा १९ हजार रन पूरा गरेका छन् । उनी न्युजिल्याण्डका लागि सर्वाधिक रन बनाउने पहिलो खेलाडी पनि बनेका छन् । विलियमसन सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा १६ औं नम्बरमा छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्