ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एपिएफ महिला गोल्ड कपको फाइनलमा

शुक्रबार, फागुन २३, २०८१

काठमाडौँ :नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ फुटबल क्लब दोस्रो महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहिवार ठुलो टुँडिखेलमा भएको प्रतियोगितामा एपीएफले पुलिसविरुद्ध १–० को जित निकाल्दै फाइनल यात्रा पक्का गरेको हो । खेलको ३६ मिनेटमा रेणुका नगर कोटीको प्रहारमा रिवाउन्ड भएको बल रश्मि कुमारी घिसिङले गोल गर्दे टिमलाई अग्रता दिलाई । उनको यो गोल नै फाइनल यात्राको निर्णायक बन्न पुग्यो ।

शनिवार  हुने फाइनलमा नेपाल आर्मी र एपीएफ बिच प्रतिस्पर्धा हुनेछ । विजेताले ४ लाख तथा उपविजेता टोलीले २ लाख रुपैयाँ पाउनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्