सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :सहिद स्मारक 'बी' डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै 'बी' डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार बी डिभिजन लिग यहि फागुन २५ गतेबाट सुरु हुने छ । प्रतियोगिताको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुई टोलीबीचको खेल दिउँसो ३ः३० बजे दशरथ रङ्गशालामा हुने एन्फाले जनाएको छ ।
प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।
प्रतियोगितामा देशभरका १४ क्लबहरु आरसिटी, श्री भगवती क्लब, दुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, विरगंज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ्ग ब्वाइज युनाइटेड को सहभागिता रहने एन्फाले जनाएको छ ।
प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ १०० र भीआइपी पारापिटतर्फ ३०० तय गरिएको छ भने एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ १०० कायम गरिएको छ ।
प्रतियोगिताका सम्पुर्ण खेलहरु प्राइम एचडी टेलिभिजन र प्राइम एचडीको युट्युव च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेता, उपविजेता तथा अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
जसमा प्रथम पुरस्कार १५ लाख, द्वितीय पुरस्कार १० लाख र तृतीय पुरस्कार ५ लाख रहेको छ भने फेयर प्ले टिमलाई एक लाख पुरस्कार दिइने एन्फाले जनाएको छ । त्यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ५०-५० हजार दिइने छ । त्यस्तै हरेक खेलका प्लेयर अफ द म्याचलाई ७ हजार ५०० दिइने एन्फाले जानकारी दिएको छ ।