ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला फुटबल वरियतामा नेपालको फड्को

शुक्रबार, फागुन २३, २०८१

काठमाडौँ :नेपाली महिला फुटबलको वरियतामा सुधार आएको छ ।

अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले हालै जारी गरेको नयाँ वरियतामा नेपालले चार स्थान फड्को मारेको हो । नयाँ वरियतामा नेपाल ९९ स्थानमा छ । यसअघि नेपाल १०३ औँ स्थानमा रहेको थियो ।

केहि समय अघि घरेलु मैदानमा म्यानमार, लेबनान र किर्गिस्तानसँगको प्रतिस्पर्धा पछि नेपालले वरीयतामा सुधार गरेको हो । उक्त खेलको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको थियो ।

दक्षिण एसियाको वरीयतामा नेपाल दोस्रो स्थानमा छ । शीर्ष स्थानको भारत ६९औं स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्