सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :महिला टी–२० आई शृंखला आजदेखि युगाण्डामा सुरु हुँदैछ ।
नेपालले आज हुने खेलमा नामिवियासंग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ । नेपालसंगको खेलअघि नामिवियाले एन्टेबे क्रिकेट ओभलमा अभ्यास समेत गरिसकेको छ । प्रतियोगितामा नेपालसहित युगाण्डा,हङकङ र नामिविया गरी चार टोलीले सहभागिता जनाउने छन् ।
चैत्र ३ गतेसम्म चल्ने श्रृखंलामा सबै टोलीले एकअर्कासँग २–२ खेल खेल्ने छन् । समुहको शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल्नेछ । महिला टी–२० आइकालागि नेपाली टोली युगाण्डा पुगिसकेको छ ।
उद्धघाटन खेलमा भने आयोजक युगाण्डाले हङकङसंग खेल्दैछ ।