ADD FOR WEBSIDE ADD FOR WEBSIDE

हार्दिक पाण्ड्यालाई एक खेलको प्रतिबन्ध

शनिबार, जेठ ५, २०८१

एजेन्सी :मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई ठूलो झट्का लागेको छ । स्लो ओभर रेटका कारण उनीमाथि एक खेलको प्रतिबन्ध लागेको हो । उनले अर्को सिजनको पहिलो खेल खेल्न पाउने छैनन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई स्लो ओभर रेटका कारण ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको छ । यो सिजनमा मुम्बईको तेस्रो पटक स्लो ओभर रेट भएका कारण हार्दिक निलम्बनमा परेका हुन् ।

अन्तिम खेलमा मुम्बई इन्डियन्स लखनउ सुपर जाइन्ट्ससँग पराजित भएको थियो । यस खेलमा पाण्ड्यालाई स्लो ओभर रेटका कारण एक खेलको प्रतिबन्ध लागेको हो । यस खेलमा मुम्बई १८ रनले पराजित भएको थियो । प्रतिबन्धका कारण आईपीएल २०२५ सिजनको पहिलो खेल उनले खेल्न पाउने छैनन् ।
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्