सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
शनिबार सार्वजनिक गरिएको क्यालेन्डरमा पुरुष र महिला दुबै टोलीको लागि उमेर, घरेलु तथा अन्तर्राष्ट्रिय खेलहरु समावेश गरिएका छन् । क्यालेण्डर अनुसार नेपाली राष्ट्रिय पुरुष टोली निकै ब्यबस्त हुने देखिएको छ । पुरुष टोलीले १२ ओटा अन्तराष्ट्रिय प्रतियोगितामात्रै खेल्ने छ । नेपालले श्रीलङ्का र अष्ट्रेलियाको भ्रमण गर्ने तय भएको छ । टी–२० विश्वकप छनोटका लागि जुलाईमा श्रीलङ्का र अगस्टमा अष्ट्रेलिया भ्रमण राखिएको छ ।
महिला क्रिकेट टोलीले अप्रिल महिनामा भुटानसँग टी२० सिरिज खेल्ने भएको छ। यसका अलावा टोलीले आगामी सेप्टेम्बर महिनामा मलेसियामा नेपाल र युएईले त्रिदेशीय टी२० सिरिज र अक्टोबरमा श्रीलंकासँगको सिरिजको प्रस्ताव गरिएको छ।
श्रीलंकासँगको सिरिज अहिले नै फाइनल भइसकेको छैन ।अगामी डिसेम्बरमा महिला टोलीले नेपालमै पाँच देश सम्मिलित सिरिज खेल्ने भएको छ। जसमा नेपालसहित नामिबिया, युगान्डा, युएई र नेदरल्यान्ड्स रहनेछन् ।
क्यालेण्डर-