HAPPY NEW YERA HAPPY NEW YERA

नेपालले दियो नामिबियालाई ९३ रनको लक्ष्य

शनिबार, फागुन २४, २०८१

काठमाडौँ :महिला टी–२० आई शृंखलामा नेपालले नामिबियासामु जितकालागि ९३ रनको लक्ष्य दिएको छ ।

युगाण्डाको एन्टेबे क्रिकेट ओभलमा  टस जितेर सुरुवाती ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । नेपालकालागि  सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन् । इश्वरी विष्टले नटआउट १७ रन बनाउँदा कबिता जोशीले १६ रन जोडिन् ।

पूजा महतोले १३ तथा कप्तान इन्दु वर्माले २ रन जोड्दा रुबिना क्षेत्री,रचना कुमारी चौधरी र राजमती ऐरीले खाता नै खोल्न सकिनन् । नेपाल आज नामिबियालाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहान्छ ।

यसअघि आजै भएको उद्धघाटन खेलमा युगाणले हङकङलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । प्रतियोगितामा नेपालसहित  युगाण्डा,हङकङ र नामिविया गरी चार टोली सहभागि छन् । चैत्र ३ गतेसम्म चल्ने श्रृखंलामा सबै टोलीले एकअर्कासँग २–२ खेल खेल्ने छन् ।

समुहको शीर्ष स्थानमा रहने दुई टोली उपाधिकालागि भिड्ने छन् । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्