सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :महिला टी–२० आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।
युगाण्डाको एन्टेबे क्रिकेट ओभलमा आज भएको खेलमा नेपाल नामिबियासंग ६ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबयाले ८ ओभरमा १ विकेट गुमाउँदै ३९ रन बनाउँदा बर्षा भएपछि खेल रोकिएको थियो ।
बर्षा रोकिएपछि १६ ओभरमा छा्ट्याईएको खेलमा नामिबियाले जितकालागि ७१ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य नामिवियाले १४.५ ओभरमा ४ विकेटको क्षतिमा भेटायो । नामियाकालागि मेकेलान्ये म्वाटिले सर्वाधिक २६ रनको योगदान गरिन् । जुरिएन डियर्गाड्र्टले नटआउट १३ रन बनाउँदा कप्तान सुन विटम्यानले ७ रन बनाइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाउँदै ९२ रन बनाउको थियो । नेपालकी सम्झना खड्का १८ रनमा आउट हुँदा पूजा महतोले १३ रन बनाइन् । कप्तान इन्दु वर्माले २ रन जोड्दा रुबिना क्षेत्री,रचना कुमारी चौधरी,इश्वरी विष्ट र राजमती ऐरीले खाता नै खोल्न सकिनन् ।
यसअघि आजै भएको उद्धघाटन खेलमा युगाणले हङकङलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । प्रतियोगितामा नेपालसहित युगाण्डा,हङकङ र नामिविया गरी चार टोली सहभागि छन् ।
चैत्र ३ गतेसम्म चल्ने श्रृखंलामा सबै टोलीले एकअर्कासँग २–२ खेल खेल्ने छन् । समुहको शीर्ष स्थानमा रहने दुई टोली उपाधिकालागि भिड्ने छन् ।