सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल आज हुँदैछ। युएईको दुबईमा आज दिउँसो नेपाली समयअनुसार २ः४५ मा हुने खेलमा उपाधिका लागि भारत र न्युजिल्यान्ड भिन्न लागेका हुन्। भारत र न्युजिल्याण्ड २५ वर्षपछि फेरि एकपटक च्याम्पियन्स ट्रफीको फाइनलमा भिड्न लागेका छन्। यसअघि सन् २००० मा नैरोबी मैदानमा खेलिएको फाइनलमा न्युजिल्यान्डले अन्तिम ओभरमा ४ विकेटले जितेको थियो।
आईसीसी प्रतियोगिताको नकआउट खेलहरूमा न्युजिल्याण्डले भारतलाई सबैभन्दा बढी समस्यामा पारेको छ। टोलीले २०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनल र २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई हराएको छ।
सीमित ओभरको क्रिकेटमा न्युजिल्याण्डको एक मात्र आईसीसी उपाधि च्याम्पियन्स ट्रफी जितेकाे छ। सन् २००० मा भारतले केन्या, अष्ट्रेलिया र दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
नैरोबीमा भएको फाइनलमा, न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोज्यो। भारतका लागि कप्तान सौरभ गांगुलीले ११७ र सचिन तेन्दुलकरले ६९ रन बनाए। यी दुई बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्राे अंक जाेड्न सकेनन् ।