प्रधानमन्त्री कप आजबाट, पहिलो दिन ३ खेल हुदैँ
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज (आइतबार) देखि प्रधानमन्त्री कप (पिएम कप) एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
आज पहिलो दिन तीन खेलहरु हुँदैछन् । बिहान ९ बजे हुने खेलमा कोशी र लुम्बीनी प्रदेशबीच सिदार्थनगरमा प्रतिस्पर्धा हुदैँछ । सोहस् समयमा भैरहवामा हुने खेलमा एपिएफ र बागमतीबीच प्रतिस्पर्धा हुदैँछ । घोराहीमा हुने तेस्रो खेलमा कर्णाली र सुदुरपश्चिम भिड्दैछन् ।
लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदैछन् । पीएम कपका खेलहरु सिद्धाथघोराहीमा हुने तेस्रो खेलर्मा रंगशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने छन् ।
अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २–२ पटक यो उपाधि जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब हो ।
प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।