ADD FOR WEBSIDE ADD FOR WEBSIDE

युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

आइतबार, फागुन २५, २०८१

काठमाडौँ :महिला टी–२० आई क्रिकेटमा घरेलु टोली युगाण्डाले नेपालसामु जितकालागि ७६ रनको लक्ष्य दिएको छ ।

एन्टेबे क्रिकेट ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको युगाण्डाले निर्धारित ओभरमा ७ विकेट ७५ गुमाउँदै रन बनायो । युगाण्डाकालागि निष्कलंक नाकिसुयीले सर्वाधिक २२ रन जोडिन् । स्टेफनी नाम्पिनाले १४ तथा मलिसा अरिकोटले ११ रन जोडिन् ।

बलिङ तर्फ पूजा महतोले सर्वाधिक ३ विकेट लिईन् । कप्तान इन्दु वर्माले दुई विकेट हात पारिन् ।

आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्