ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल

दिल्लीलाई हराउँदै केकेआर आईपिएलको शिर्षमा 

बिहीबार, चैत २२, २०८०

काठमाण्डौँ । दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकत्ता नाइट राइडर्स इंडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । बुधबार साँझ भएको खेलमा कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेकोे कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो । यो ठूलो स्कोर आईपिएल इतिहासको दोस्रो ठूलो योगफल समेत हो । केही दिन अघि रोयल च्यालेन्जर्स बेंगलूरुले २०१३ मा बनाएको कीर्तिमान तोड्दै हैदराबादले मुम्बई इण्डियन्स विरुद्ध २७७ रन बनाएको थियो ।कोलकत्ताका लागि सुनिल नरिनले सर्वाधिक ८५ रन बनाए ।

 अनकृष रघुवंशीले ५४ , आन्द्रे रसेलले ४१ तथो रिङ्कु सिंहल २६ रन को योगदान गरे । २७३ रनको लक्ष्य पछ्याएको दिल्लीे १७.२ ओभरमा अलआउट हुँदै  १६६ रनमा समेटियो ।  दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ , ट्रिस्टन स्टब्सले ५४ रन जोडे पनि अन्य ब्याटरले सम्झनलायकको प्रदर्शन गर्न सकेनन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्