ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ललितपुर मेयर्स कप क्रिकेटको उपाधि एपिएफलाई 

शनिबार, जेठ ५, २०८१

काठमाडौँ :ललितपुर मेयर्स कप टी–२० महिला क्रिकेटको उपाधि चौथो पटक एपिएफ क्लबले हात पारेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा शनिवार भएको फाईनलमा सुदुरपश्चिम प्रदशेलाई २ रनले हराउँदै एपिएफले उपाधि कब्जा गरेको हो ।

जितकालागि एपिएफले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । सुदुरपश्चिमकालागि कविता जोशीले सर्बाधिक ६७ रनको योगदान गरिन् । लक्ष्मी साउदले २९,कप्तान विन्दु रावलले १९ , सावीत्री धामीले १२ तथा सम्झना खड्गाले १० रन जोडिन् ।

सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा वलिङतर्फ करुणा भण्डारीले २ तथा सुमन विष्टले एक विकेट हात पारिन् । त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १५५ रनको विशाल योगफल खडा गर्यो । एपिएफका लागि कप्तान सिता रानामगरले र राजमती ऐरीले बिस्फोटक ब्याटिङ गर्दै अर्धसतकिय पारी खेले । सिताले सर्बाधिक ७४ तथा ऐरीले ५० रन जोडिन् ।

राजमती ऐरी पुरुष राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी दिपेन्द्र सिं एैरीका बहिनी समेत हुन् ।  ममता चौधरीले १०,ईन्दु वमार्ले ९ तथा रोमा थापाले ६ रन जोडिन् । वलिङतर्फ विन्दु रावल ,ऋतु कनौजीया र राधिका पुजाराले १/१ विकेट लिईन् । विन्दु रावल निकै महङ्गो सावित भईन् । ४ ओभर वलिङ गरेकी उनले ५१ रन खर्चिएर मात्र एक विकेट लिईन् ।

यसअघि भएका तीन ओटै संस्करणको उपाधि पनि एपिएफले नै उचालेको थियो । एपिएफ यस सिजनमा अपराजित रहँदै उपाधि चुम्न सफल भएको हो । घरेलु खेललाई आगामी एसियाकपको तयारी स्वरुप हेरिएको छ ।

एसिया कप आगामी आगामी जुलाई १९ बाट श्रीलंकामा हुँदैछ । एसिया कपमा नेपाल, भारत, पाकिस्तान ,युएई ,बंगलादेश ,श्रीलंका, मलेसिया र थाईल्याण्ड सहित ८ टोली सहभागी छन् । नेपाल रहेको समुह एमा भारत,पाकिस्तान जस्ता बलिया टोली रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुलाई १९ मा पाकिस्तानसंग खेल्ने छ । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्