HOLI HOLI

चौतारामा तीन लाख राशिको भलिवल प्रतियोगिता हुने

आइतबार, फागुन २५, २०८१

चौतारा : सिन्धुपाल्चोकमा तीन लाख राशि पुरस्कार भएको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

तोप–११ चौताराको आयोजनामा यहि चैत्र १५–२० गते सम्म प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला क्लब स्तरीय भलिवल प्रतियोगिता हुुने भएको हो । प्रथम हुने टोलीले नगद तीन लाख रुपैयाँ सहित ट्रफि र मेडल पुरस्कार पाउनेछ ।  दोसैोह ुनेले एक लाख पचास हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछ ।

उत्कृष्ठ खेलाडीलाई २० हजार,उत्कृष्ठ स्पाइकरले १० हजार,उत्कृष्ठ सटरले १० हजार,उत्कृष्ठ ब्लकरलाई १० हजार तथा उत्कृष्ठ लिब्रोले १० हजार पाउने आयोजकले जनाएको छ । नेपाल भलिवलसंघ,जिल्ला भलिबल संघ सिन्धुपाल्चोक तथा जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको प्राविधिक सहयोग तथा समन्वयमा प्रतियोगिता हुन लागेको हो ।

खेलहरु टुँडिखेलमा खेलाईनेछ ।  

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्