सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिकालागि भारत र न्यूजल्याण्डबीच प्रतिस्पर्धा जारी छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा टस जितेको न्यूजल्याण्डले सुरुवाती ब्याटिङ गरिरहेको छ । भारतीय कप्तान रोहित शर्माले १२ औँ पटक टस हारेका छन् । न्यूजल्याण्डका म्याट हेनरी चोटका कारण भारतविरुद्धको खेलमा उपलब्ध छैनन् । उनको स्थानमा नाथन स्मिथलाई मौका दिइएको छ । भारतीय टोलीमा भने कुनै परिवर्तन गरिएको छैन ।
भारत र न्युजिल्याण्ड २५ वर्षपछि च्याम्पियन्स ट्रफीको फाइनलमा भिडीरहेका छन् ।
यसअघि सन् २००० मा केन्याको नैरोबी मैदानमा भएको फाइनलमा न्युजिल्यान्डले भारतविरुद्ध ४ विकेटको जित निकालेको थियो ।