सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तराष्ट्रिय महिला टी–२० आई क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा नेपालले घरेलु टोली युगाण्डालाई एक विकेटले हराएको हो । जितकालागि युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छदाँ ९ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा सना प्रविणले सर्वाधिक १७ रन जोडिन् । पूजा महताले १६ तथा रुविना क्षेत्रीले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् ।
सम्झना खड्काले ८,कप्तान इन्दु वर्माले ६,रिया शर्माले ४, इश्वरी विष्टले ३ ,विन्दु रावलले २ तथा रोमा थापाले एक रन जोडिन् । रचना कुमारी चौधरी र कबिता जोशीले खाता नै खोल्न सकिनन् ।
त्यसअघि एन्टेबे क्रिकेट ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको युगाण्डाले निर्धारित ओभरमा ७ विकेट ७५ गुमाउँदै रन बनाएको थियो । युगाण्डाकालागि निष्कलंक नाकिसुयीले सर्वाधिक २२ रन जोडिन् । स्टेफनी नाम्पिनाले १४ तथा मलिसा अरिकोटले ११ रन जोडिन् । बलिङ तर्फ पूजा महतोले सर्वाधिक ३ विकेट लिईन् ।
कप्तान इन्दु वर्माले दुई विकेट हात पारिन् । आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् । पहिलो खेलमा नेपाल नामिवियासंग पराजित भएको थियो भने युगाण्डाले हङकङलाई हराएको थियो ।