सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेश, विभागीय टोली एपीएफ र कर्णाली प्रदेशले विजयी सुरुवात गरेका छन् ।
आजबाट सुरु भएको प्रतियोगितामा लुम्बनीले कोशी प्रदेशविरुद्ध २६ रनको जित निकालेको हो । जितकालागि लुम्बिनीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ४२.४ ओभरमा सबै विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो ।
आजै भएको अर्को खेलमा एपीएफले वाग्मती प्रदेशविरुद्ध १०० रनले हराउँदा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध ७९ रनको जित निकालेको हो । भैरहवामा सम्पन्न खेलमा एपीएफले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा वाग्मतीले २८.२ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो ।
कर्णालीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमात्र बनाउको थियो ।
प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीहरु सहभागी छन् ।