सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जित्न न्यूजल्याण्डले भारसामु २५२ रनको चुनौति पेश गरेको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको न्यूजल्याण्डले निर्धारत ओभरमा ७ विकेटको क्षतिमा २५१ रन बनायो । उसकालागि ड्यारेल मिचेलले सर्वाधिक ६३ रनको योगदान गरे । माईकल ब्रेसवेल ले नटआउट ५३ रन बनाउँदा रचीन रबिन्द्रले ३७ तथा ग्लेन फिलिप्सले ३४ रन बनाए । विल योङले १५,टम लाथिमले १४ रन जोडे ।
बलिङतर्फ वण चक्रवर्ती र कुलदीप यादवले समान २-२ विकेट लिए । मोहम्मद सामी र रबिन्द्र जडेजाले १-१ विकेट हात पारे । भारत र न्युजिल्याण्ड २५ वर्षपछि च्याम्पियन्स ट्रफीको फाइनलमा भिडीरहेका हुन् ।
यसअघि सन् २००० मा केन्याको नैरोबी मैदानमा भएको फाइनलमा न्युजिल्यान्डले भारतविरुद्ध ४ विकेटको जित निकालेको थियो ।