सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तराष्ट्रिय महिला टी–२० श्रृखंला अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्देछ ।
यी दुई टोलीबीचको खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार ४ः४५ बजे सुरु हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा युगाण्डालाई हराएको थियो ।
चार देश सम्मिलित प्रतियोगितामा शीर्ष स्थानमा रहने २ टोली उपाधिकालागि भिड्ने छन् ।
प्रतियोगिता अन्तर्गत अहिले आयोजक युगाण्डा र नामिबियाबीच प्रतिस्पर्धा भईरहेको छ ।