सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तराष्ट्रिय महिला टी–२० श्रृखंला अन्तर्गत आफ्नो तेस्रो खेलमा अहिले नेपाल र हङकङबीच प्रतिस्पर्धा भईरहेको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर फिल्डिङ रोजेपछि हङकङले सुरुवाती ब्याटिङ गरिरहेको छ ।नेपाल आज लगातार दोस्रो जितको खोजिमा हुनेछ ।
पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा युगाण्डालाई हराएको थियो ।चार देश सम्मिलित प्रतियोगितामा शीर्ष स्थानमा रहने २ टोली उपाधिकालागि भिड्ने छन् ।
प्रतियोगिता अन्तर्गत आजै भएको पहिलो खेलमा आयोजक युगाण्डाले नामिबियाविरुद्द एक रनको रोमाञ्चक जित निकालेको छ ।