HOLI HOLI

हङकङले दियो नेपाललाई १०१ रनको लक्ष्य

सोमबार, फागुन २६, २०८१

काठमाडौँ :अन्तराष्ट्रिय महिला टी–२० श्रृखंला अन्तर्गत हङकङविरुद्दको खेलमा नेपालले १०१ रनको लक्ष्य पाएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनायो ।  उसकालागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलदे २१, क्यारी चानले १२ तथा यास्मिन दासवानीले नटआउट ११ रन जोडिन् । बलिङतर्फ इन्दु वर्मा र इश्वरी विष्टले समान दुई-दुई विकेट लिईन् । पूजा महत्तो र रचना कुमारी चौधरीले एक-एक विकेट लिईन् । नेपाल आज लगातार दोस्रो जितको खोजिमा छ ।

पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा युगाण्डालाई हराएको थियो  । चार देश सम्मिलित प्रतियोगिताको  शीर्ष स्थानमा रहने २ टोली उपाधिकालागि भिड्ने छन् ।

प्रतियोगिता अन्तर्गत आजै भएको पहिलो खेलमा आयोजक युगाण्डाले नामिबियाविरुद्द एक रनको रोमाञ्चक जित निकालेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्