ADD FOR WEBSIDE ADD FOR WEBSIDE

गोदावरी मेयरकपको उपाधि विजेता काठमाडौँलाई मेयर बालेनको बधाई

शनिबार, जेठ ५, २०८१

काठमाडौँ : गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले प्राप्त गरेको छ । 


गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा शनिवार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो ।

उपाधि विजेता काठमाडौँ महानगरपालिकाले प्रथम पुरस्कार पाँच लाख रुपैंया हात पारेको छ । उपाधि हात पारेको टिमलाई काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गर्दै मेयर बालेनले मेयर कपको उपाधि हात पारेकोमा बधाई दिएका हुन् ।

5d3bf60a-22c0-4469-ac22-e6f686c421d0-1716041827.jpg

उपविजेता चन्द्रागिरि नगरपालिकाले तीन लाख रुपैंया प्राप्त गरेका छन् । गत वैशाख २९ गते सम्पन्न हुनेगरी तयारी गरिएको प्रतियोगिता वर्षातका कारण सेमिफाइनल खेल रोकिँदा ढिला सम्पन्न भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी दिए । 
प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी थिए ।
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्