सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तराष्ट्रिय महिला टी–२० श्रृखंला अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।
आज भएको आफ्नो तेस्रो खेलमा नेपाल हङकङसंग २ ररनले पराजित भएको हो । जितकालागि हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो ।
नेपालकालागि इन्दु वर्माले सर्वाधिक ३२ रनको योगदान गरिन् । पूजा महतोले १९ तथा बिन्दु रावलले १४ रन बनाईन् । सना प्रवीनले १० रन बनाउँदा सम्झना खड्काले एक रन जोडिन् । कबिता जोशी र रुविना क्षेत्री खातानै खोल्न नसकी रन आउट भईन् ।
त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनाएको थियो । उसकालागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलदेले २१, क्यारी चानले १२ तथा यास्मिन दासवानीले नटआउट ११ रन जोडिन् । बलिङतर्फ इन्दु वर्मा र इश्वरी विष्टले समान दुई –दुई विकेट लिईन् ।
पूजा महत्तो र रचना कुमारी चौधरीले एक–एक विकेट लिईन् ।पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा युगाण्डालाई हराएको थियो । चार देश सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहने २ टोली उपाधिकालागि भिड्ने छन् ।
प्रतियोगिता अन्तर्गत आजै भएको पहिलो खेलमा आयोजक युगाण्डाले नामिबियाविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ ।