HOLI HOLI

साफ च्याम्यिनसीप :नेपाल र भारत एकै समुहमा

मंगलबार, फागुन २७, २०८१

काठमाडौँ : यू -१९ पुरुष साफ च्याम्यिनसीप फुटलमा नेपाल र भारत एकै समुहमा परेका छन् ।

काठमाण्डौँमा आज भएको समुह छनौटका क्रममा नेपाल र भारत एकै समुहमा परेका हुन् । प्रतियोगिता आगामी वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाञ्चल प्रदेश हुने छ ।

च्याम्यिनसीपमा डिफेण्डिङ च्याम्पियन भारतसंगै ,भुटान,नेपाल,बंगलादेश,श्रीलंका र माल्दिभ्स सहित ६ टोलीले सहभागिता जनाउनेछन् । ६ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह 'ए'मा माल्दिभ्स,बंगालादेश,भुटान रहेका छन् ।

यस्तै समुह 'बी' मा भारत ,नेपाल र श्रीलंका रहेका छन् । नेपालले पहिलो खेल जेठ २ मा भारसंग खेल्ने तालिका छ ।  प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाईने छ ।

प्रतियोगितामा कूल ९ खेलहरु हुनेछन् । ६ ओटा लिग चरण, २ सेमिफाइनल र एक फाइनल खेल हुने साफले जनाएको छ ।  


 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'बी' डिभिजन लिगको तयारी पूरा
मंगलबार, फागुन २७, २०८१

एपिएफ महिला गोल्ड कपको फाइनलमा
मंगलबार, फागुन २७, २०८१