सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नवलपुर : इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा पालिका स्तरिय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको हो । आज भएको उद्घाटन खेलमा आयोजक वडा नं ५ को ए र बी दुवै टिम विजयी भएका छन् । वडा नम्बर ५ को ए टिमले वडा नम्बर १० लाई २५–१० र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै टिम बि ले वडा नम्बर ४ को बी टिमलाई नै २५–१६ र २५–२३ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
आज भएको तेस्रो खेलमा इन्द्रावती ४ को १ ले विजय हासिल गरेको छ । उसले इन्द्रावती गाउँपालिका वडा नम्बर १२ लाई २–१ को सेटमा पराजित गर्दै पहिलो खेलमा विजयी भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ११ टिम सहभागी भएका छन् ।
२९ गते सम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ नगद प्राप्त गर्ने छ भने द्वितीय हुने टोलीले २० हजार र तृतीय स्थान हासिल गर्ने टोलीले १० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।