HOLI HOLI

नामिबियाबाट नेपालले पायो १२६ रनको लक्ष्य

बुधबार, फागुन २८, २०८१

काठमाडौँ :अन्तराष्ट्रिय महिला टी–२० क्रिकेटमा नामिबियाले नेपाललाई जितकालागि १२६ रनको लक्ष्य दिएको छ ।

युगाण्डाको एनटेब्बे ओभलमा टस हारेर पहिले ब्याटिङमा तानिएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनायो । उसकालागि यशमीन खानले सर्वाधिक ४५ रनको योगदान गरिन् । विल्का म्वाटिलेले २० तथा जुरिएन डियर्गाड्र्टले नटआउट १६ रन बनाउँदा कप्तान  सुन विटम्यानले १५ रन जोडिन् ।

बलिङतर्फ नेपालकी इश्वरी विष्टले सर्वाधिक ३ विकेट लिईन् । रचना कुमारी चौधरीले दुई तथा इन्दु वर्मा र रिया शर्माले समान एक विकेट लिईन् ।

शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई आज जित्नै पर्ने दबाब छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्