HOLI HOLI
अन्तराष्ट्रिय महिला टी–२०

नामिबियासंग नेपाल २३ रनले हार्‍यो 

बुधबार, फागुन २८, २०८१

काठमाडौँ :अन्तराष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनल पुग्ने नेपालको सम्भावना सकिएको छ ।

आज भएको दोस्रो चरणको पहिलो खेलमा नामिबियासंग २३ रनले पराजित भएसंगै नेपालको फाइनल यात्रामा ब्रेक लागेको हो । जितकालागि नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो ।

नेपालकालागि सना प्रविनले सर्वाधिक ३१ रनको योगदान गरिन् । कविता जोशीले नटआउट १७ रन बनाउँदा कप्तान इन्दु वर्मा र पूजा महतोले समान १५–१५ रन बनाइन् । ममता चौधरीले ८ रनमा अविजित रहिन् । रुविना क्षेत्रीले ७ रन जोडिन् ।

त्यसअघि युगाण्डाको एनटेब्बे ओभलमा टस हारेर पहिले ब्याटिङमा तानिएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । उसकालागि यशमीन खानले सर्वाधिक ४५ रनको योगदान गरिन् ।

बलिङतर्फ नेपालकी इश्वरी विष्टले सर्वाधिक ३ विकेट लिईन् । रचना कुमारी चौधरीले दुई तथा इन्दु वर्मा र रिया शर्माले समान एक विकेट लिईन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्