SONAM WEAR SONAM WEAR

पालिकास्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि आयोजकलाई

बिहीबार, फागुन २९, २०८१

नवलपुर:पालिकास्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि आयोजकलाई पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ५ को ए टिम (आयोजकले) जितेको छ ।

फाइनलमा वडा नम्बर ७ लाई २-० को सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जित्न सफल भएको हो । उसले वडा नम्बर ७ लाई २५-१८ र २५-२३ को सेटमा पराजित गरेको । त्यस्तै वडा नम्बर ५ को बी टिमले तृतीय स्थान हासिल गरेको छ ।

वडा नम्बर ६ लाई ३-२ को सेटमा पराजित गर्दै वडा नम्बर ५ को बी टिम तेस्रो भएको । उपाधि सँगै आयोजकले ३० हजार नगद समेत प्राप्त गरेको छ। फाइनलमा पराजित वडा नम्बर ७ ले २० हजार  रुपैयाँ मा चित्त बुझाएको छ। तेस्रो स्थान हासिल गरेको वडा नम्बर ५ को बि टिमले १५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

वडा नम्बर ५ ए टिम पहिलो सेमिफाइनलमा टिम बि लाई लाई २-१ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो । वडा नम्बर ७ ले वडा नम्बर ६ लाई २-१ को सेटमा पराजित गर्दै वडा नम्बर ५ ए सँगको फाइनल भेट पक्का गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्