सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :युगाण्डासंग पराजित हुँदै नेपाल अन्तराष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
आज भएको खेलमा नेपाल युगाण्डासंग ४० रनले पराजित भएको हो । जितकालागि युणण्डाले दिएको ९२ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ५१ रनमा अलआउट हुन पुग्यो । नेपालकालागि कबिता जोशीले सर्वाधिक १२ तथा कप्तान इन्दु वर्माले ११ रन बनाएपनि अन्य खेलाडीले दोहारो अंकको रन जोड्न सकेनन् । नेपालका चार खेलाडीले अंक नै जोड्न सकेनन् ।
त्यसअघि एन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे युगाण्डाले ५ विकेटको क्षतिमा ९१ रन बनाएकाे थियाे ।
घरेलु टोली युगान्डाकी कप्तान जेनेत मम्बाजीले टस टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरेको थियो।
युगाण्डाका लागि दुवै ओपनरले कुनै पनि रन जोड्न सकेनन् र शून्यमा आउट भए। उसका लागि सर्वाधिक रन रिता मुसामालीले ३८ बनाइन्। एस्टर लोकूले २२ रन र स्टेफनी ले अविजित नाम्फिनाले १३ रन बनाइन्।