SONAM WEAR SONAM WEAR

हङकङले दियो नेपालसामु १०५ रनको लक्ष्य

शुक्रबार, चैत १, २०८१

काठमाडौँ :महिला टी–२० अन्तराष्ट्रिय क्रिकेटमा हङकङले नेपालसामु १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युगाण्डाको एन्टाबे क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनायो । उसकालागि साञ्जिन साहजातले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५४ रनको योगदान गरिन् । ४७ बल खेलेकी उनले ५ चौका र एक छक्का प्रहार गरिन् । केरी चानले १६ तथा यश्मिन दश्वानीले १४ रन बनाईन् ।

बलिङतर्फ राजमति ऐरीले सर्वाधिक ३ विकेट लिईन् । कप्तान इन्दु वर्माले दुई तथा पूजा महतो र इश्वरी विष्टले एक–एक विकेट लिईन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्