SONAM WEAR SONAM WEAR

अन्तिम खेलमा नेपालले हङकङलाई हरायो

शुक्रबार, चैत १, २०८१

काठमाडौँ :महिला टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले हङकङलाई पराजित गरेको छ ।

आज भएको आफ्नो अन्तिम खेलमा नेपालले हङकङविरुद्द ६ विकेटको जित निकालेको हो । जितकालागि हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो ।

नेपालको जितमा नेपालकी सम्झना खड्काले सर्वाधिक ४७ रनको योगदान गरिन् । पूजा महतोले नटआउट २० रन बनाउँदा कप्तान इन्दु वर्माले १८ रन जोडिन् ।

त्यसअघि युगाण्डाको एन्टाबे क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । उसकालागि साञ्जिन साहजातले सर्वाधिक ५४ रनको योगदान गरिन् ।

बलिङतर्फ राजमति ऐरीले सर्वाधिक ३ विकेट लिईन् । कप्तान इन्दु वर्माले दुई तथा पूजा महतो र इश्वरी विष्टले एक–एक विकेट हात पारिन् ।

हङकङलाई  पराजित गरेपनि नेपालको फाइनल यात्रामा भने पूर्णविराम लागिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्