सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :महिला बिश्वकप क्रिकेट २०२५ को छनौट खेल तालिका सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता अप्रिल ९ देखि १९ सम्म पाकिस्तानमा हुनेछ । राउन्ड–रोबिनका आधारमा खेलाइने प्रतियोगिताका सबै १५ खेलहरू पाकिस्तानको लाहोरमा खेलाइनेछ । गद्दाफी क्रिकेट मैदान र लाहोर सिटी क्रिकेट एसोसिएसन (एलसीसीए) मा यी प्रतियोगिताहरु हुनेछन् ।
प्रतियोगितामा आयोजक पाकिस्तानसंगै स्कटल्याण्ड,आयरल्याण्ड,वेष्टइण्डिज,थाईल्याण्ड र बंगालादेश सहभागि हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र आयरल्याण्डबीच अप्रिल ९ मा गद्धाफी स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।
शिर्ष दुई स्थानमा रहने दुई टोलीले यसै वर्ष अक्टोबर र नोभेम्बरमा भारतमा हुने महिला विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्नेछन् ।