ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आइपीएल :

प्लेअफमा पुग्न चेन्नईलाई २१९ रनको लक्ष्य

शनिबार, जेठ ५, २०८१

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंलुरुले चेन्नई सुपर किंग्सलाई २१९ रनको चुनौती दिएको छ । 
एम चिन्नास्वामी स्टेडियम बैंलुरुमा टस जितेर चेन्नईले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङमा तानिएको बैंलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै   २१८ रनको योगफल बनाएको छ ।


उसको लागि फाप दु प्लेसिसले सर्वाधिक रन जोड्दै अर्धशतकीय पारी खेले । ३९ बलका सामना गरेका उनले समान तीन तीन चौका र छक्काको मद्दतमा सर्वाधिक ५४ रन बनाएर रन आउट भए । विराट कोहलीले ३ चौका र ४ छक्का प्रहार गरी ४७ रन जोडे । ग्लेन म्याक्सवेल १६  रन जोडेर आउट भए । 

त्यस्तै, रजत पाटीदार ४१ रन र दिनेश कार्तिक १४ रन जोड्दै क्याच आउट भए । १७ बलको सामना गरेका क्यामरुन ग्रीनले अविजित ३८ रनमा नट आउट रहे ।


बलिङतर्फ सार्दुल ठाकुरले दुइ तथा मिचेल सेन्टनर र तुसार देशपाण्डे एक/ एक विकेट झारे ।
जारी खेलमा तीन ओभरको समाप्तीमा वर्षा बाधक बन्दा खेल केहिबेर रोकिएको थियो । यी दुइ टोलीको खेलबाट प्लेअफ पुग्ने चौथो टोलीको छिनोफानो हुनेछ ।

अहिले सम्म १३ खेलबाट चेन्नेई १४ अंक सहित चौथो स्थानमा छ ।समान खेलबाट १२ अंक जोडेको बैङलुरु सातौँ स्थानमा छ ।

प्लेअफमा पुग्न बैङलुरुलाई गर या मरको स्थिति छ । कुनैपनि हालतमा बैङलुरुलाई जित्नै पर्ने दबाब छ । बैङलुरुलाई जितले मात्रै पनि प्लेअफमा पुग्न निकै कठिन छ । यस्तो अवस्थामा उसले चेन्नेईमाथि ठूलो अन्तरको जित निकाल्नुपर्नेछ ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्