सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :महिला टी–२० अन्तराष्ट्रिय क्रिकेटको उपाधिकालागि युगाण्डा र नामिविया भिड्ने भएका छन् ।
आज भएको समुह चरणको अन्तिम खेलमा नामिबिलाई ७३ रनले हराउँदै युगाण्डा समुहको शिर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । जितकालागि नामिबयाले दिएको १२० रनको लक्ष्य पछ्याएको नामिविया ४५ रनमा अलआउट हुन पुग्यो । जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले १४.१ ओभरमा सवै विकेट गुमाउँदै ४५ रन मात्र बनाउन सक्यो ।
हारका बाबजुत नामिया समुहको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । हङकङसंग समान ६ अंक भएपनि नामिबिया नेटरनरेटमा अगाडी रहँदै फाइनलमा पुगेको हो । नेपालले अब तेस्रो स्थानकालागि आइतवार हङकङसंग खेल्ने छ । नेपालले आज भएको समुह चरणको आफ्नो अन्तिम खेलमा हङकङविरुद्ध ६ विकेटको जित निकालेको छ ।
जितकालागि हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा नेपालकी सम्झना खड्काले सर्वाधिक ४७ रनको योगदान गरिन् । पूजा महतोले नटआउट २० रन बनाउँदा कप्तान इन्दु वर्माले १८ रन जोडिन् ।