SONAM WEAR SONAM WEAR

प्रिमियर लिग फुटबलमा आज पाँच खेलहरु हुने

शनिबार, चैत २, २०८१

काठमाडौँ :इङलिस प्रिमियर लिग फुटबलमा आज पाँच खेलहरु हुने भएका छन् ।

राती पौने ९ बजे चार खेल र राती सवा ११ बजे एक खेल हुने छ । राती पौने ९ बजे हुने खेलमा वेष्ट ह्याम र एभर्टन,साउथ ह्याम्पन्टन र वुल्भ्सबीच प्रतिस्पर्धा हुने छ । सोही समयमा हुने अर्को खेलमा इप्सविच टाउन एफ.सी र नटिञ्घम फरेष्ट तथा म्यान्चेस्टर सीटी र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ । राती सवा ११ बजे हुने अन्तिम खेलमा वर्नमाउथ र ब्रेनफोर्डबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा ७० अंक सहित लिभरपुल शिर्ष स्थानमा छ ।५५ अंकको आर्सनल दोस्रो तथा ५१ अंकको नटिञ्घम फरेष्ट तेस्रो स्थानमा छ । ४९ अंकको चल्सी चौथो तथा ४७ अंकको म्यान्चेस्टर सीटी पाँचौ स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्