SONAM WEAR SONAM WEAR

डब्लुपिएलको उपाधिकालागि दिल्ली र मुम्बइ भिड्दै

शनिबार, चैत २, २०८१

काठमाडौँ :महिला प्रिमियर लिग (डब्लुपिएल )२०२५ को फाइनल खेल आज हुँदैछ ।

मुम्बइमा आज हुने फाइनलमा उपाधिकालागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुई टोलीको फाइनल भिडन्त नेपाली समयअनुसार राती सवा ८ बजे हुनेछ । मुम्बईले एलिमिनेटर खेलमा गुजरात जायन्ट्सलाई ४७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै दिल्लीले रोयल च्यालेन्जर्स बैञलुरुलाई ११ रनले हराउँदै फाइनल पुगेको हो ।

फाइलन खेलमा मुम्बईकी खेलाडी नताली स्किभर ब्रन्टले ठूलो रेकर्ड तोड्न सक्ने अनुमान छ । उनलाई प्रतियोगितामा सर्वाधिक १००० रन बनाउने कीर्तिमान तोड्ने मौका छ । अहिलेसम्म उनले २८ खेलमा ९९७ रन पूरा गरिसकेकी छन् ।

यस अवधिमा ब्रन्टले ८ अर्धशतक बनाएकी छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्