SONAM WEAR SONAM WEAR

प्रधानमन्त्री कपमा आर्मीको लगातार चौथो जित

शनिबार, चैत २, २०८१

काठमाडौँ :तिर्थ दासको शतकिय ब्याटिङसंगै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मीले लगातार चौथो जित निकालेको छ ।

आज भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराउँदै आर्मीले चौथो जित दर्ता गरेको हो । जितकालागि कोशीले दिएको २३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

आर्मीकालागि तिर्थराज दासले नटआउट ११२ रन जोडे । १३९ बलको सामना गरेका उनले १४ चौका र १ छक्का प्रहार गरे । बसिर अहमदले पनि नटआउट ६१ रन बनाए । ६२ बल खेलेका उनले ६ चौका प्रहार गरे । कप्तान बिनोद भण्डारीले २७ तथा भिम सार्कीले १२ रन बनाए ।

त्यसअघि सिदार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको कोशीले ४९.३ ओभरमा सवै विकेट गुमाउँदै २३० रन बनाएको थियो । उसकालागि शुभन गहतराजले सर्वाधिक ५१ रन जोडे । सोनु अन्सारीले ४४ तथा सकिब हकले ४२ रन बनाए । सन्दीप ढुंगानाले २१, फिरदोश अन्सारीले १६ तथा चिराग शाहले १४ रन बनाएपनि अन्य खेलाडीहरुले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए  । 
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्