सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा देखिने भएका छन् ।
वार्नरले समाजिक सञ्जाल मार्फत आफु तेलुगु फिल्म ’रोबिन हुड’ बाट डेब्यू गर्न लागेको जानकारी दिएका हुन् । उनले चलचित्रको सुटिङका क्रममा भएका रमाईला किस्साहरु समेत उल्लेख गरेका छन् ।
तेलुगु अभिनेता नितिनको अभिनय रहेको चलचित्र मार्च २८ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ । अभिनेता नितिनले “ब्याटिङदेखि सुटिङसम्म, क्रिकेट मैदानदेखि फिल्म क्षेत्रसम्म स्वागत छ । भाइ डेभिड वार्नर।“लेखेका छन् ।