सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरी कार्यालयले हात पारेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीलाई १४ रनले हराउँदै मद्येशले उपाधि नितेको हो । जितकालागि मधेश प्रदेशले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन मात्र बनाउन सक्यो । उपाधिसंगै मद्येशले १ लाख रूपैयाँ हात पारेको छ भने उपबिजेता लुम्बिनीले ५० हजार रूपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज सेन ओली, उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान पशुपति प्रकाश मल्ल तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम शाह उत्कृष्ट प्रशिक्षक, प्रहरी जवान दिपेश राय उत्कृष्ट ब्याट्सम्यान र प्रहरी जवान मुनाल यादव फाइनल खेलका म्यान अफ दि म्याच घोषित भएका थिए ।
फागुन २७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टिमको सहभागिता रहेको थियो ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रतियोगितामा बिजयी हुने मधेश प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण–पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गरेका थिए ।