ADD FOR WEBSIDE ADD FOR WEBSIDE

डब्लुपिएलको उपाधि मुम्बइलाई, दिल्लीले चोकर्सको दाग हटाउन सकेन 

आइतबार, चैत ३, २०८१

काठमाडौँ : महिला प्रिमियर लिग २०२५ को टाइटल मुम्बई इण्डियन्सले जितेको छ ।

मुम्बईको ब्राबोर्न स्टेडियममा शनिवार राती भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ रनले पराजित मुम्बईले दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।

जितकालागि मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्र बनाउन सक्यो । उसकालागि मारिजान क्याप र जेमिमा रोड्रिग्स बाहेक कसैले पनि ठूलो इनिङ खेल्न सकेनन्। क्यापले ४० र रोड्रिगेजले ३० रन बनाए ।  

उनी बाहेक निक्की प्रसाद अन्त्यसम्म क्रिजमा रहिन् । उनले नटआउट २५ रन जोडिन् । खेल अन्तिम ओभरसम्म चलेपनि कप्तान मेग ल्यानिङले दिल्लीलाई लगातार तेस्रो फाइनल हारबाट बचाउन सकिनन् । अवस्था यस्तो थियो कि दिल्लीसँग केवल एक विकेट बाँकी थियो र जित्नको लागि १४ रन आवश्यक थियो ।

दिल्लीले एकपछि अर्को रन बटुल्न सफल भएपनि अन्तिम १ बलमा १० रन चाहिने अबस्थामा पुगेपछि हार टार्न सकेन । अन्तिम बलमा केवल १ रनमात्र आएपछि मुम्बईले खेल ८ रनले जित्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको मुम्बईले १४९ रन बनाएको थियो । दिल्लीको लगातार तेस्रो पटक फाइनलमा पराजित भएसंगै ’चोकर्स’ को दाग हटाउन सकेन दिल्ली २०२३ मा मुम्बईसंग फाइानलमा पराजित भएको थियो भनृ सन् २०२४ मा रोयल च्यालेन्जर्स बैंलुरुसंग पराजित भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्