SONAM WEAR SONAM WEAR

प्रिमियर लिगमा हालाण्डको किर्तिमानी १०० गोल 

आइतबार, चैत ३, २०८१

काठमाडौँ :इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेटर सीटीका खेलाडी एर्लिङ हालाण्डले किर्तिमानी एक सय गोल पूरा गरेका छन् ।

शनिवार राती  ब्राइटन एण्ड होभ एल्बियन विरुद्ध गोल गरेपछि हालाण्ड प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल पूरा गर्ने खेलाडी बनेका हुन् । यसअघि उक्त किर्तिमान  एलन शियरको नाममा थियो ।

उनले १०० खेलमा यो उपलब्धि हासिल गरेका थिए । हालाण्डले ९४ खेलमा उनको किर्तिमानी तोडेका हुन् । एतिहाद स्टेडियममा भएको खेलमा उनले किर्तिमान बनाएपनि खेल भने जित्न सकेन । सीटीले शीर्ष–चारका दावेदार ब्राइटनसँग २–२ को बराबरी खेलेको छ ।

यस सिजनमा युरोपेली फुटबलको लागि आठवटा क्लबहरूले तीव्र प्रतिस्पर्धा गरिरहेका छन ।  जसमा सिटी र ब्राइटन पनि समावेश छन् । तर हालाण्डको रेकर्ड–तोड प्रयासको बावजूद, दुवै टोलीले दौडको नियन्त्रण गर्न सकेनन् । खेलको ११ औँ मिनेटमा हालाण्डले पेनाल्टीमार्फत गोेल गर्दै सीटीलाई अग्रता दिलाएका थिए ।

२१ औँ मिनेटमा ब्राइटनका पर्भिस एस्तुपिन्यानले फ्री किक मार्फत शानदार गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । ३९ औँ मिनेटमा ओमर मारमूसले सिटीको लागि अर्को गोल गर्दै खेलमा २–१ को अग्रता बनाएपनि ४८ औँ मिनेटमा अब्दुकोदीर खुसानोभले आत्मगोल गरे । 
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्