ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रिमियर लिगमा उपाधिको छिनोफानो आज

आइतबार, जेठ ६, २०८१

काठमाडौँ : ईङलिस प्रिमियर लिग फुटबलमा आईतवार उपाधिको छिनोफानो हुँदैछ । उपाधि जित्न मुख्य रुपमा म्यान्चेस्टर सीटी र आर्सनलबीच तिब्र प्रतिस्पर्धा छ । आईतवार हुने खेलमा म्यान्चेस्ट सीटीले वेस्टह्यामलाई पराजित गरेमा सीटीले सिधै उपाधि जित्ने छ । आईतवारनै अर्को उपाधि दावेदार आर्सनलले एभर्टनको सामना गर्दैछ ।

उपाधि जित्न आर्सनले एभर्टनलाई पराजित गरेर मात्रै पुग्दैन । उसले सीटी र वेस्टह्यामबीचको खेलको नतिजामा समेत भर पर्नुपर्नेछ । ८८ अंक सहित शिर्ष स्थानमा रहेको सीटीले खेल जितेमा ९१ अंक बनाउनेछ र उसलाई उपाधि जित्न कसैले पनि रोक्न सक्नेछैन । आर्सनले उपाधि जित्न सीटीले हार्नुपर्नेछ भने उसले एभर्टनलाई पनि हराउनुपर्ने छ ।

आर्सनलको ८६ अंक छ । यदि खेल जितेमा आर्सनलको ८९ अंक हुनेछ । सीटीले हारेमा ८८ अंक मात्रै रहने भएकाले उपाधि आर्सनलको पोल्टामा पुग्ने छ । पछिल्लो ५ खेलमा सीटीले कुनैपनि खेल हारेको छैन । 
हेड टु हेड :
म्यान्चेस्टर सीटी :हेड टु हेडमा म्यान्चेस्ट सीटी निकै बलियो अवस्थामा छ । पछिल्ला खेलेका पाँच खेलमध्ये पाँचै खेलमा सीटीले जित निकालेको छ । सीटीले ब्राईटनमाथि ४–० को जित निकालेको थियो । यस्तै नटिघंम फरेष्टलाई २–०,वुल्भ्समाथि ५–१,फुलह्याममाथि  ४–० तथा टटनह्याममाथि सीटीले २–० को जित निकालेको छ ।
वेस्टह्याम : पाँच खेलमध्ये वेस्टह्यामले एक मात्र खेल जितेको छ । लुटन टाउनमाथि ३–१ को जित निकाल्दा चेल्सीसंग ५–० ले पराजय भोगेको थियो । क्रिस्टल प्यालेससंग ५–२ ले पराजित भएको वेष्टह्याम फुलह्यामसंगपनि २–० ले स्तब्ध बन्न पुग्यो । लिभरपुलसंग भने २–२ को बराबरी खेलेको थियो ।

आईतवार नै अन्य ८ खेलहरु हुदैँछन । सबै खेलहरु बेलुकी ८ः४५ बजे एकै साथ हुँदैछन् । लिभरपुल र वुल्भ्स तथा सेफिल्ड युनाईटेड र टटनह्यामबीच प्रतिस्पर्धा हुनेछ । यस्तै लुटन टाउन र फुलह्याम तथा ब्राईटन र म्यान्चेस्टर युनाईटेडबीच पनि प्रतिस्पर्धा हुनेछ । 

उपाधि जित्दै म्यान्चेस्टसीटी सहित आर्सनल,लिभरपुल र एस्टन भिल्ला गरी यी ४ टोली युईएफए च्याम्पियन्स लिगमा पुग्ने लगभग पक्का भएको छ । पाँचौ स्थानमा रहँदै टटनह्यामपनि युरोपा लिगमा छनौट हुने सम्भावना उच्च छ । यससिजनमा लुटन टाउन,बर्निल र सेफिल्ड युनाईटड रेलिगेसन जोनमा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्