सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :न्यूजल्याण्डरिुद्दको पहिलो टी–२० आई क्रिकेटमा पाकिस्तान ९१ रनमा अलआउट भएको छ ।
हेग्ली ओभल, क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिञमा तानिएको पाकिस्तान १८.४ ओभरमा ९१ रनमै अलआउट भयो । उसकालागि खुशदिल शाहले सर्वाधिक ३२ रन जोडे । कप्तान शलमान आघाले १८ तथा जहान्द खानले १७ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा ज्याकब डफीले ४ तथा काइल जेमिसनले ३ विकेट हात पारे ।
न्यूजल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले घरेलुटोलीसंग पाँच खेलको टी–२० र तीन खेलको एक दिवशीय श्रृखला खेल्नेछ ।